पाकिस्तानमा ६ महिनामा दुई हजार भन्दा बढी बाल दुर्व्यवहारका मुद्दा
फाइल फोटो
इस्लामावाद - पाकिस्तानमा गत छ महिनामा दुई हजारभन्दा बढी बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन् । यो आँकडाले देशमा बढ्दो बालअधिकार उल्लंघन र बाल दुर्व्यवहारको गम्भीर अवस्थालाई उजागर गरेको छ।
एक गैर(सरकारी संस्थाको प्रतिवेदन उद्धृत गर्दै पाकिस्तानी अखबार द न्युज इन्टरनेशनलले सार्वजनिक गरेको तथ्यांकले गत छ महिनामा केटा र केटी दुवैसँग लगभग दुई हजार २२१ बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन्।
बालबालिकामाथि हुने यौन दुर्व्यवहारको तथ्यांक विभिन्न ७९ पत्रपत्रिकाबाट संकलन गरिएको थियो । द न्युज इन्टरनेशनलले जनाएअनुसार अधिकांश घटनाहरूलाई बलात्कार, यौन दुर्व्यवहार र अपहरणको रूपमा वर्गीकृत गर्न सकिने खालका छन् ।
न्युज इन्टरनेशनलले लैङ्गिक विभाजनको विश्लेषणलाई उद्धृत गर्दै केटीहरूमा बाल यौन दुर्व्यवहारका घटनाहरू केटाहरूको तुलनामा बढी पाइएको छ।
प्रकाशनले संकलन गरेको तथ्यांकअनुसार दुर्व्यवहार भोग्न वाध्य कुल २ हजार २ सय ११ बालबालिकामध्ये १ हजार ४ जना केटा र १ हजार २०७ केटी रहेका छन् ।
प्रतिवेदनमा झण्डै ८०३ बालबालिका अपहरण भएको र तीमध्ये २९८ केटा र २४३ केटीहरू रहेका थिए । ती मध्ये प्रायः कि त बलात्कृत वा यौन दुर्व्यवहारबाट पीडित भएको र १२८ बालबालिकाको सामूहिक बलात्कार र अप्राकृतिक मैथुनको शिकार भएको बताइएको छ ।
घटनाहरु मध्ये पञ्जाबमा सबैभन्दा धेरै १,५६४, सिन्धमा र ३३८ इस्लामाबादमा दर्ता भएका छन् । सो प्रतिवेदनमा झण्डै ५२ प्रतिशत घटनाहरू शहरी क्षेत्रबाट र ४८ प्रतिशत ग्रामीण क्षेत्रबाट रिपोर्ट गरिएको थियो।
ह्युमन राइट्स वाचले आफ्नो वार्षिक विश्व प्रतिवेदन २०२२ मा पाकिस्तानमा बालबालिकासहित महिलाविरुद्ध व्यापक अधिकार हननका घटनाहरुको उल्लेख गरेको छ जसले विश्व महिला, शान्ति र सुरक्षा सूचकाङ्कमा १७० देशहरूमध्ये १६७ औँ स्थानमा रहेको देखाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया