विश्व

पुटिन र सीबीच भेटवार्ता हुँदै, युक्रेन युद्धबारे छलफल हुने

इकागज |
भदौ ३०, २०७९ बिहीबार १०:४ बजे

फाइल तस्बिर

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध र अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमाथि छलफल गर्ने भएका छन् । दुबै नेता उज्बेकिस्तानमा आयोजित शिखर सम्मेलनमा भेट्दै छन् ।

राष्ट्रपति सीले महामारी सुरु भएदेखि आफ्नो पहिलो विदेश यात्रामा  छन् । राष्ट्रपति सी आफ्नो तीन दिने यात्राको पहिलो  दिन बुधबार काजिकिस्तानको राजधानी नुरसुल्तानमा अवतरण गरेका थिए ।


त्यसपछि उनी सामरकन्दमा सेप्टेम्बर १५ देखि १६ सम्म हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तान गएका थिए । एससीओको साइडलाइन बैठकमा उनले पुटिनसँग भेट गर्ने कार्यक्रम छ ।

पश्चिमासँग पुटिनको सम्बन्धमा तिक्तता आइरहेका बेला सी ऐतिहासिक तेस्रो कार्यकालको तयारीमा छन् । खोजिरहेका छन् जबकि पुटिनको पश्चिमसँगको सम्बन्ध युक्रेनमा चट्टानमा छ ।

यसैबीच, रुसी राष्ट्रपति पुटिनले भारत, पाकिस्तान, टर्की र इरानी नेतासँग भेट गर्ने भएका छन् । तर, चिनियाँ नेतासँगको उनको भेट ‘विशेष महत्वको हुने’ क्रेमलिनका विदेश नीति प्रवक्ता युरी उसाकोभले बताएका छन् । उनले शिखर सम्मेलन ‘ठूलो राजनीतिक परिवर्तनको पृष्ठभूमिमा’ भइरहेको बताए । एजेन्सी


Author

थप समाचार
x