रुस र चीनका राष्ट्रपतिबीच भेटवार्ता
मस्को - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भेटवार्ता भएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि पहिलो पटक बिहीबार उज्बेकिस्तानको समरकन्दमा दुई नेताबीच भेटवार्ता भएको हो ।
वार्तामा पुटिनले युक्रेन मामिलामा बेइजिङको सन्तुलित अडानका लागि धन्यवाद दिएका छन्। चीनले युक्रेनमा रुसी हमलाको समर्थन गरेको छैन, तथपि दुवै देशबीच व्यापार र अन्य सम्बन्ध निरन्तर बढिरहेको छ।
यसअघि गत फेब्रुवरीमा आयोजित शीतकालीन ओलिम्पिक्सका क्रममा बेइजिङमा सी र पुटिनबीच भेट भएको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया