विश्व

जापानमा ठूलो आँधीको चेतावनी

इकागज |
असोज २, २०७९ आइतबार ६:५६ बजे

जापान - जापानको मौसम विज्ञान विभागले ठूलो आँधी र वर्षा हुने सम्भावना भएकोले सुरक्षित रहन अनुरोध गरेको छ । शनिबार दक्षिणी क्युशुतर्फ आउँदै गरेको आँधीको धेरै जोखिम रहेको विभागले जनाएको छ ।

आँधीबाट अकल्पनीय क्षति हुनसक्ने समेत चेतावनी सरकारले दिएको छ । खागोसिमा मियाजीकी र क्युशु क्षेत्रका विभिन्न क्षेत्रका नागरिकलाई सुरक्षित भवनमा गई आश्रय लिन र सुरक्षित बस्न अपिल गरेको छ ।


यस वर्षको आँधी शक्तिशाली भएको विभागले बताएको छ । मौसम विज्ञान विभागका पूर्वानुमान महाशाखाका प्रमुखले भनेँ 'कागोसिमा प्रिफेक्चरले कहिल्यै अनुभव नगरेको आँधी, उच्च छाल र आँधीबेहरी अनुभव गर्नेछ’।

खागोसिमा वासीलाई हाइअलर्टमा रहन समेत मौसम एजेन्सीले सचेत गराएको छ ।

ठूलो बर्षा र  हावा चल्ने जोखिम पनि रहेको छ। आँधी र बर्षा पछिको बाढीका कारण डुबानमा परेका क्षेत्रहरू साथसाथै  प्रकोप चेतावनीका क्षेत्रहरू आँधी सुरु हुनुअघि नै खाली गर्न अनुरोध गरिएको छ ।

जापानमा क्षति हुन नदिन या क्षति कम गर्न प्राकृतिक प्रकोपमा पूर्व तयारीबारे जनतालाई सचेत रहन भनेको छ ।  


Author

थप समाचार
x