अमेरिका र अफगानिस्तानले गरे बन्दी आदानप्रदान
फाइल फोटो
काबुल - संयुक्त राज्य अमेरिका र तालिवानले कैदी आदानप्रदान पूरा गरेको छ । अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सन् २०२० मा अपहरण गरिएका अमेरिकी नौसेना दिग्गज मार्क फ्रेरिचसलाई हेरोइन तस्करीको आरोपमा संयुक्त राज्य अमेरिकामा १७ वर्षसम्म कैद गरिएका लडाका र तालिवान सहयोगी बशर नूरजाइसँग साटासाट गरिएको बताएका छन् ।
`आज, मार्क फ्रेरिचसलाई अमेरिकामा सुम्पियो र हाजी बशरलाई काबुल विमानस्थलमा हामीलाई सुम्पियो`, मुत्ताकीले काबुलमा पत्रकारहरूलाई भनेका छन् । आदानप्रदान लामो वार्तापछि मात्र भएको मुत्ताकीले जानकारी दिएका छन् । अमेरिकी नौसेना दिग्गज अफगानिस्तानमा निर्माण परियोजनाहरूमा सिभिल इञ्जिनीयरको रुपमा काम गरिरहेका थिए । यस अवस्थामा उनको अपहरण भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार एएफपीलाई नूरजाईले तालिबानमा कुनै आधिकारिक पद नराखेको तर सन् १९९० को दशकमा कट्टरपन्थी इस्लामवादी आन्दोलनको उदय भएपछि हतियारसहित बलियो समर्थन प्रदान गरेको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया