ईयुले रूसमाथि थप प्रतिबन्ध लगाउने
लन्डन - युरोपेली युनियनले रुसलाई थप प्रतिबन्ध लगाउने भएको छ । युरोपेली युनियनका मन्त्रीहरूले बुधबारको अनौपचारिक बैठकमा रूसलाई लक्षित गरी नयाँ प्रतिबन्धहरू अगाडि बढाउन सहमत भएको ईयुका विदेश नीति प्रमुखले जानकारी दिए ।
राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्ध पछि पहिलो युद्धकालीन परिचालनको आदेश दिएपछि मस्कोमाथि ईयुले थप प्रतिबन्ध लगाउने भएको हो ।
न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै, ईयुका विदेश नीति प्रमुख जोसेप बोरेलले २७ राज्यहरूले नयाँ क्षेत्रीय र व्यक्तिगत उपायहरू लागू गर्ने राजनीतिक निर्णय गरेका जानकारी दिए । युरोपेली युनियनका मन्त्रीहरू युक्रेनलाई थप हतियार आपूर्ति जारी राख्न पनि सहमत भएका पनि उनले जानकारी दिए । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया