विश्व

युगान्डामा इबोलाका संक्रमण बढ्दै, ५ जनाको मृत्यु

इकागज |
असोज १२, २०७९ बुधबार ७:१० बजे

कम्पाला- अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । गत साता प्रकोप फैलिएको घोषणा गरेपछि ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ । मध्य युगान्डाका तीन जिल्लाहरूमा मृत्युु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको थियो ।

डब्ल्यूएचओले युगान्डामा २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप भएको बताएको छ । यसैबीच आफूहरू सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुबेन्डे अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आफूहरूलाई सुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरूले अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । एजेन्सी



Author

थप समाचार
x