जापानमा महिलाको तलब बढ्यो, वार्षिक ३० लाख येन पुर्याइयो
टोकियो- जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।
जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।
राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो ।
जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।
सन् २०२१ मा पुरुषको औसत तलब ५४ लाख ५० हजार येन (३७ हजार ६ सय ६१ डलर) थियो ।
सन् २००२ यताकै उच्च हो तर सन् १९९७ मा ५७ लाख ७० हजार येन (३९ हजार ८ सय ७२ डलर) भन्दा कम हो ।
जापानमा पुरुषको तुलनामा महिलालाई ४५ प्रतिशत कम तलब दिइएको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया