विश्व

अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट १९ को मृत्यु

इकागज |
असोज १४, २०७९ शुक्रबार १४:१६ बजे

सांकेतिक तस्बिर

काबुल- अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीका लागि खोलिएको एक शिक्षा केन्द्रमा शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो । अल्पसङ्ख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्रमा अफगानिस्तानको सबैभन्दा घातक आक्रमणहरू हुने गरेको पाइएको छ । 


विद्यार्थीहरू परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो । साे हमलामा १९ जना मारिएका छन् भने २७ जना घाइते भएका  काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले जानकारी दिएका छन् । 

यस उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ । एएफपी


Author

थप समाचार
x