विश्व

पपुवा न्यु गिनीमा लगिङ क्याम्पमा हतियारधारी समूहको आक्रमण, कम्तीमा तीन जनाको मृत्यु

इकागज |
असोज १७, २०७९ सोमबार १५:३४ बजे

फाइल तस्बिर

पोर्ट मोरेस्बी– पपुवा न्यू गिनीको बोगेनभिल टापुमा रहेको लगिङ क्याम्पमा भारी हतियारधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा तीन जनाको ज्यान गएको छ ।  साथै अन्य धेरै घाइते भएका प्रहरीलाई स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।
 
हतियारधारी समूहले टोनोलीमा रहेको शिविरमा आक्रमण गरेको थियो । स्वशासित क्षेत्र बोगेनभिलको दक्षिणमा – बुधबार, टापुका अधिकारीहरूले एक विज्ञप्तिमार्फत सो जानकारी दिएका छन् ।  

सशस्त्र समूहले कब्जामा लिएका लगिङ क्याम्प अधिकारीहरु सोमबार पनि फिर्ता गर्न असमर्थ भएका प्रहरीले जनाएको छ । यस आक्रमणमा परी टोनोलेई एकीकृत कृषि परियोजनाको साइटमा आधारित दुई स्थानीय र एक प्रवासीको ज्यान गएको स्वायत्त बोगेनभिल सरकारले जानकारी दिएको छ । 


बोगेनभिलका प्रहरी प्रमुख फ्रान्सिस टोकुराले एएफपीलाई  मारिनेमा एक मलेसियाली नागरिक रहेका जानकारी दिएको  छ ।


Author

थप समाचार
x