सन् २०२२ मा नौ लाख भन्दा बढी पर्यटक भित्र्याउने श्रीलङ्काको योजना
फाइल फोटो
काठमाडौँ- श्रीलङ्का सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलङ्काको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।
प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलङ्काले कम्तीमा नौ लाख ७२ हजार ४७५ पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए ।
उनले, “नकारात्मकताको विरुद्ध लड्दै गर्दा पछिल्लो नौ महिनाको आगमनको आँकडाबाट हामी खुसी छैनौं । यो एक क्रमिक निर्माण हो र बर्षको अन्त्यसम्ममा हामीले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजनामा प्रतिवद्ध छौँ ।”
उनले भने, “सरकार र सरकारमातहतका निकायले सार्वजनिक तथा निजी सहकार्यलाई जोड दिँदै वर्षको बाँकी महिनामा विदेशी पर्यटकको चाप बढाउने प्रयास भइरहेको छ ।
श्रीलङ्काका प्रमुख स्रोत बजारहरूले लगाएको यात्रा प्रतिबन्धहरू खुकुलो भए तापनि सेप्टेम्बरमा मात्र २९ हजार ८०२ विदेशी पर्यटकहरूको आगमन भएको र यहाँको राजनीति, आर्थिक सङ्कट र यसबाट प्रभावित पर्यटन सेवामा भारी प्रभाव देखिएको छ । पर्यटन उद्योगका जानकारहरूका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा देश यस क्षेत्रका प्रतिस्पर्धीहरु भन्दा निकै पछाडि छ ।
माल्दिभ्सजस्ता प्रतिस्पर्धी मुलुकले विगत केही महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गर्दै आएका छन् भने श्रीलङ्कामा ३० हजारदेखि ६० हजारसम्म पर्यटक आउने गरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
श्रीलङ्काको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोत मध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ महामारी र यसको आर्थिक तथा राजनीतिक सङ्कटका कारण धरापमा परेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया