भारतले ब्रिज च्याम्पियनसीप आयोजना गर्दै
काठमाडौँ- भारतले १९ औँ इन्टरनेसनल ब्रिज (तास) च्याम्पियनसीप आयोजना गर्ने भएको छ । भारतको गुरुग्राममा अक्टोबर ११ देखि ६ दिनसम्म च्याम्पियनसीप आयोजना हुने आईएएनएसले जनाएको छ ।
च्याम्पियनसीपमा विभिन्न देशका ९ सय ५० जनाको सहभागिता रहने छ । जसमा चर्चित पाकिस्तानी-अमेरिकन जिया महमुद, दक्षिण अफ्रिकाका क्रेग गोवर र भारतका किरण नदारको पनि सहभागिता रहनेछ ।
च्याम्पियनसीपमा बिजेताले २ करोड २० लाख भारतीय रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया