विश्व

पुलमा कारबम विस्फोट

इकागज |
असोज २२, २०७९ शनिबार १७:१८ बजे

फाइल फोटो

काठमाडौँ- सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन् । 

स्थानीय समयानुसार शनिबार बिहान ०६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र क्राइमियामा रेलमार्फत सात तेल ट्याङ्करमा आगो लगाइएको रूसी समाचार एजेन्सीले जनाएका छन् । 


यस बक आक्रमणमा राष्ट्रिय विरोधी तथा आतङ्ककारी समूहलाई आरोप लगाइएको मस्कोका अधिकारीले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण गरिएको र २०१८ मा उद्घाटन गरिएको यो पुल युक्रेनमा विशेष गरी दक्षिणमा लडिरहेका रुसी सैनिकलाई सैन्य उपकरण लैजानका लागि र साथै त्यहाँ सेना लैजानको लागि एक प्रमुख यातायात साधन थियो । रुसले युक्रेनमा लडाइँ भएपनि पुल सुरक्षित रहेको बताएको थियो ।  


Author

थप समाचार
x