मलेसियाको संसद् विघटन
क्वालालम्पुर- मलेसियाका प्रधानमन्त्रीले संसद् विघटन गरेका छन् । मध्यावधी निर्वाचनको ढोका खोल्दै राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटन गरेका हुन् ।
निर्वाचन आयोगसँगको सल्लाहपछि निर्वाचनको मिति घोषणा गरिने बताइएको छ । नोभेम्बरमा निर्वाचन हुने अनुमान गरिएको छ । संसद्को कार्यकाल अर्को वर्षको सेप्टेम्बरसम्म थियो । तर इस्माइलले संसद् भंग गर्न र प्रारम्भिक चुनावमा बलियो जनादेश प्राप्त गर्न आफ्नो युनाइटेड मलेस नेसनल अर्गनाइजेसन (युएमएनओ) पार्टी भित्रबाट तीव्र दबाबको सामना गर्नु परेको थियो ।
टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै याकोबले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको जानकारी दिएका छन् । ‘हिजो मैले राजालाई भेटे । संसद् विघटन गर्न मैले उनको अनुमति लिएँ । र, संसद् विघटन गर्न राजा राजी हुनु भयो’, इस्लामीले एक टेलिभिजन सम्बोधनमा भने ।
सन् २०१८ को निर्वाचनपछि देशमा अप्रत्यासित घटनाक्रम भएका र त्यसले देशको आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नु परेको उनको भनाई छ । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया