विश्व

उडिरहेको विमानभित्र सर्प भेटिएपछि...

इकागज |
कात्तिक २, २०७९ बुधबार १०:५६ बजे

फाइल तस्बिर

फ्लोरिडा - ​फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका हुन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो ।

न्युयोर्क र न्यु जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ , 'विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ बाट ‘गार्टर स्नेक’ हटाएर पछि जंगलमा छाडिदिएका छन् ।'


सर्पका कारण कुनै क्षति नभएको र सञ्चालन प्रभावित नभएको विज्ञप्तिमा जनाइएको छ । यात्रुहरूले चालक दललाई सर्पको बारेमा सचेत गराएको र एयरलाइन्सले स्थितिको ख्याल गर्न उपयुक्त अधिकारीहरूलाई बोलाएको युनाइटेडले जनाएको छ ।  विजनेश क्लासका यात्रुहरूले विमान उडेको देखेका थिए । एजेन्सी


Author

थप समाचार
x