इमरान खानलाई पाँच वर्ष चुनाव लड्न अयोग्य ठहरपछि निर्वाचन आयोग बाहिर तनाव
लाहोर- निर्वाचन आयोगले पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेपछि इस्लामावादमा तनाव उत्पन्न भएको छ ।
त्यहाँको निर्वाचन आयोगले इमरान प्रधानमन्त्री भएका बेला सरकारी अधिकारीलाई विदेशबाट प्राप्त उपहारमध्ये धेरै बेचेको र हिनामिना गरेको आरोप लगाउँदै उनलाई पाँच वर्ष निर्वाचन लड्न अयोग्य ठहर गरेको हो ।
विदेशीहरूले सरकारी अधिकारीलाई दिने उपहारसम्बन्धी तोसाखाना मुद्दामा आयोगले शुक्रबार फैसला सुनाएको हो । प्रमुख निर्वाचन आयुक्तसहित पाँच जनाको इजलासले उक्त मुद्दामा खानलाई दोषी ठहर गर्दै पाँच वर्षसम्मका लागि अयोग्य ठहर गरेको हो।
आयोगको यो निर्णयलगत्तै इस्लामावादमा प्रदर्शन सुरु भएको छ । आयोग बाहिर गोलीसमेत चलेको छ । इमरान समर्थकहरूले आयोगको यो निर्णय खारेज गर्दै प्रदर्शन गरेका हुन् ।
खानको तेहरिक ए इन्साफ (पिटिआई) पार्टीले आयोगको फैसलाविरुद्ध इस्लामावाद उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया