विश्व

अफगानिस्तानमा बम विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

इकागज |
कात्तिक ४, २०७९ शुक्रबार १८:५९ बजे

फाइल तस्बिर

कालानाव- पश्चिमी बाघिस प्रान्तमा विगतका युद्धहरूबाट बाँकी रहेको अनफोडेड अर्डनन्सको विस्फोटका कारण तीन बालबालिकाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ८ बजे मुकार जिल्लाको नवावाद क्षेत्रमा केही बालबालिकाले फोहोर जम्मा गर्ने क्रममा खेलौना जस्तो यन्त्र फेला पारेको रत्योसँग खेल्दा विस्फोट भई तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।


काला-ए-नाउ अस्पतालका अजमल आतेफ नामका डाक्टरले शुक्रबार बिहान भएको विस्फोटमा आठदेखि १२ वर्षसम्मका तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।

केही दिनअघि छिमेकी फराह प्रान्तमा पनि यस्तै विस्फोटमा परी एक बालकको मृत्यु भएको थियो ।

अफगानिस्तानलाई विश्वको सबैभन्दा धेरै खानी प्रदूषित देशहरू मध्ये एक मानिन्छ । यस किसिमका विस्फोटले देशमा हरेक महिना दर्जनौंको ज्यान  जाने गरेको छ ।सिन्ह्वा


Author

थप समाचार
x