विश्व

यस्तो छ चिनियाँ राष्ट्रपति सी चिनपिङको सात सदस्यीय नयाँ टीम

इकागज |
कात्तिक ६, २०७९ आइतबार १२:४३ बजे

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनपिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ । चिनियाँ प्रधानमन्त्री अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट विदा लिएका छन् ।


सीको टीम आज सार्वजनिक भएको छ । नयाँ पोलिटब्यूरो स्थायी समितिमा महासचिव सी चिनपिङ (६९), ली चियाङ (६३), चाओ लेची (६५), वाङ हुनिङ (६७), काइ ची (६६), तिङ सुइसियाङ (६०) र ली सी (६६) छन् ।

ली चियाङ चीनका प्रधानमन्त्री हुनेछन् । चाओ लेची राष्ट्रिय जनकंग्रेस अर्थात् संसदको अध्यक्ष हुनेछन् । त्यस्तै काइ ची पार्टी सचिवालयको प्रथम सेक्रेटरी, वाङ हुनिङले सल्लाहकार समिति अध्यक्ष, ली सी भ्रष्टाचारविरोधी केन्द्रीय आयोग र अनुशासन आयोग प्रमुखको जिम्मेवारी पाउने बताइएको छ ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो ।

सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् । (सिन्ह्वा)

र, यो पनि


Author

थप समाचार
x