विश्व

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्यमा महिला शून्य

इकागज |
कात्तिक ६, २०७९ आइतबार १६:१२ बजे

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रूपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचारमा जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनी यसपटक अवकाश पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् ।


यसैबीच अर्काे एक समाचारमा राष्ट्रपति सी चिनफिङ अर्काे कार्यकालका लागि पति चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा चुनिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो । सिन्ह्वा


Author

थप समाचार
x