विश्व

जङ्गलमा आगो लगाउने ७२ जनालाई पक्राउ गरी कारबाही

इकागज |
कात्तिक ६, २०७९ आइतबार १६:१७ बजे

लिस्बन- पोर्चुगलमा जङ्गलमा आगो लगाउने अपराध गरेका ७२ जनालाई यस वर्ष पक्राउ गरी कारबाही गरिएको छ । यहाँको सरकारले जङ्गलमा आगो लगाउने व्यक्तिहरूलाई कडा कारबाही गर्ने गरेको बताइएको छ ।

शनिबार यहाँको नेसनल रिपब्लिकन गार्ड (जिएनआर) का एक जना अधिकारीले सो कुराको जानकारी गराएका हुन् । उनका अनुसार यहाँ सन् २०२१ मा अर्थात् अघिल्लो वर्ष ५२ जनालाई पक्राउ गरी कारबाही गरिएकामा यस वर्ष मात्र त्यसमा कम्तीमा पनि ३८ प्रतिशतले वृद्धि भई देशव्यापी रूपमा ७२ जनालाई पक्राउ गरिएको थियो ।


जङ्गलमा आगो लगाउने अपराध गर्ने व्यक्तिलाई यहाँको सरकारले विशेष रूपमा खोज्ने गर्दछ । सरकारले यस वर्ष एक हजार एक सयभन्दा बढी व्यक्तिमा अनुसन्धान गरेर ती व्यक्ति भेटेको जनाएको थियो । उनीहरूमा गरिएको अनुसन्धानबाट ७२ जना दोषी पाइएको समाचारमा जनाइएको छ ।

यस वर्ष आगलागीबाट पोर्चुगलको कम्तीमा पनि एक लाख ११ हजार हेक्टरभन्दा धेरै जमिनको वन जङ्गल ध्वस्त भएको छ । यो सन् २०१७ पछिको सबैभन्दा धेरै आगलागी हो । सिन्ह्वा


Author

थप समाचार
x