विश्व

रुसी सेनाद्वारा एकैरात ३६ रकेट प्रहार

इकागज |
कात्तिक ७, २०७९ सोमबार ७:३ बजे

किभ– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उर्जा पूर्वाधारमा हमलापछि रुसले युक्रेनमा रातारात ‘ठूलो हमला’ गरेको बताएका छन् । हमलापछि देशभर बिजुली अवरुद्ध भएको छ । ‘आक्रमणकारीले हाम्रो देशलाई निरन्तर आतंकित पारेका छन् । रातमा  शत्रुले ठूलो हमला गरेका छन् ’, जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुुकमा लेखेका छन् ।

रुसी सेनाले एकै रात ३६ वटा रकेट प्रहार गरेको भन्दै उनले राष्ट्रपति जेलेन्स्कीले निन्दासमेत गरेका छन् ।  रुसी हमलाको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ ।



Author

थप समाचार
x