विश्व

२०औँ महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न जनमुक्ति सेनालाई सीको निर्देशन

इकागज |
कात्तिक ८, २०७९ मंगलबार ७:७ बजे

फाइल तस्बिर

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले सीपीसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त चीनको राष्ट्रिय सेनामा पनि लागू गरिने बताउनुभएको छ ।

सीपीसीको महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न उनले जनमुक्ति सेनालाई सोमबार निर्देशन दिएका हुन् । जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनमा उनले जोड दिए । चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले प्रमुख सैन्य अधिकारीहरूको बैठकमा भाग लिँदै उक्त निर्देशन दिएका हुन् । (सिन्ह्वा)



Author

थप समाचार
x