जर्मनीका राष्ट्रपति किभमा
किभ- पश्चिमा राष्ट्रले युद्धबाट तहसनहस भएको युक्रेनको पुनर्निर्माणको योजना बनाइरहेका बेला जर्मनीका राष्ट्रपति युक्रेन भ्रमणमा आएका छन् । युक्रेन युद्ध समाप्त भएपछि गरिने पुनर्निर्माणको बृहत् योजनाका बारेमा पश्चिमा मुलुकबीच विचारविमर्श भइरहेको छ ।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरको यो पहिलो युक्रेन भ्रमण हो । युक्रेनीहरूमा एकताको सन्देश प्रवाह गर्न आफू किभ आएको उनले बताएका छन् । क्षेप्यास्त्र र रकेट आक्रमणका बेला भएको आफ्नो भ्रमणलाई महत्वपूर्ण भएको टिप्पणी गरेका छन् ।
क्रेमलिनको सेनाले गरेको आठ महिनाको निरन्तरको दमनले आवासीय भवन, सार्वजनिक भवन र ऊर्जा प्रवाहका सञ्जाल ध्वस्त भएका छन् । विश्व ब्याङ्कले युक्रेनमा हालसम्म तीन खर्ब ४५ अर्ब डलर क्षति भएको अनुमान गरेको छ । गत जेठमा पोल्याण्ड तथा बाल्टिक क्षेत्रका आफ्ना समकक्षीसँग युक्रेन भ्रमणको योजनामा उनी थिए । त्यसबेला उनीमाथि रूसको समर्थन गरेको आरोप लागेको थियो । (एपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया