विश्व

कोरियापछि कङ्गोमा अर्को भागदौड, आठ जनाको मृत्यु

इकागज |
कात्तिक १३, २०७९ आइतबार २१:४० बजे

किन्सासा- दक्षिण कोरियामा भागदौड मच्चिदा एक सय ५१ जनाको एकै चिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा साङ्गीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

यहाँको मार्टर्स रङ्गशालामा कङ्गोका गायक फाली इपुपाको साङ्गीतिक कार्यक्रमका क्रममा भएको भागदौडमा एक प्रहरीसहित आठ जनाको मृत्यु भएको किन्सासाका प्रहरी प्रमुख जनरल सिल्भेन कासोन्गोले बताएका छन् ।


प्रत्यक्षदर्शीका अनुसार ८० हजार सिट क्षमता भएको रङ्गशाला पूर्ण खचाखच भरिएको थियो । सिन्ह्वा


Author

थप समाचार
x