विश्व

उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रले जापानी क्षेत्र पार गर्‍यो

इकागज |
कात्तिक १७, २०७९ बिहीबार ७:२१ बजे

टोकियो- उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ । 

बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दाहरूलाई घरभित्र शरण लिन चेतावनी दिएको हो । 


उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण आउन बाँकी छ । एजेन्सी
 


Author

थप समाचार
x