विश्व

अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

इकागज |
कात्तिक १९, २०७९ शनिबार ६:५७ बजे

वासिङ्टन- अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षाभन्दा थप वृद्धि हासिल गरेको छ ।  

गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाँ कामदारहरू थपिएका छन् । यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च  हो । बजारमा बेरोजगार दर  बढिरहेको बेला यस्तो आकँडा सार्वजनिक भएको हो ।


स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ । (एएफपी) 


Author

थप समाचार
x