शिवसेनाका नेता सुधीरको हत्या
नयाँ दिल्ली- शिवसेनाका नेता सुधीर सुरीको अमृतसरस्थित व्यस्त सडकमा गोली हानी हत्या भएको छ । गोपाल मन्दिर नजिकै उनीमाथि गोली लागेको थियो । घटना लगत्तै सुरीलाई अस्पताल लगेकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
सुरीले मन्दिर बाहिर यसको व्यवस्थापनको बिरूद्ध प्रदर्शन गरिरहेकाबेला एक स्थानीय पसलेले पेस्तोलबाट कम्तिमा पाँचवटा गोली हानेका थिए । प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको छ भने घटनाबारे अनुसन्धान भइरहेको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया