पाकिस्तानको क्वेटामा कार बम विष्फोट : ४ जनाको मृत्यु, ११ घाइते
तस्बिर : रोयटर्स
काठमाडौँ : पाकिस्तानको क्वेटामा बम विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । क्वेटाको सेरेना होटलमा कार बम विष्फोट हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
विष्फोटपछि घाइते ११ जनालाई अस्पताल भर्ना गरिएको छ । तालिवानले गराएको विष्फोटमा मृत्तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । चिनिया पक्षलाई लक्षित गरी विष्फोट गराइएको अनुमान गरिएको छ ।
क्वेटा शहरको बलुचिस्तानमा चिनियाँ लगानी बढ्दै गएकोले त्यसको विरोधस्वरुप तालिवानले बम विष्फोट गराएको अनुमान गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया