विश्व

श्रीलंकामा पर्यटनबाट १० महिनामा एक अर्ब अमेरिकी डलर आम्दानी

इकागज |
कात्तिक १९, २०७९ शनिबार २०:२७ बजे

कोलम्बो- श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलंकाको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ ।

तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलंकाले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ ।


केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलंकाको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो ।

गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका भित्रिएको पर्यटन प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ को महामारी र राजनीतिक सङ्कटसँगै श्रीलंकामा आएको आर्थिक सङ्कटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत वर्ष भएको जनआन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजीनामा दिनुपरेको थियो । सिन्ह्वा


Author

थप समाचार
x