स्पेनमा विवाह समारोहमा झगडा हुँदा चार जनाको मृत्यु
प्रतिकात्मक तस्वीर
म्याड्रिड । स्पेनमा आइतबार बिहान एक विवाह पार्टीका सदस्यहरूका बीच झगडा भएको र उनीहरूलाई कारले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
घटनामा संलग्न भएको आरोपमा तीन जनालाई हिरासतमा लिइएको राष्ट्रिय प्रहरीका प्रवक्ताले एएफपीलाई बताएका छन् ।
म्याड्रिडबाट करिब २५ किलोमिटर (१६ माईल) उत्तरपूर्वमा रहेको टोरेजोन डे अर्डोजमा विवाहको आयोजना गरिरहेको रेस्टुरेन्टको अगाडि बिहानै झगडा भएको थियो।
झगडापछि एउटा कारले विवाहमा आएका पाहुनालाई ठक्कर दिएर भागेको थियो ।
"जब हामी घटनास्थलमा पुग्यौं र त्यहाँ गम्भिर चोटपटकबाट चार जनाको मृत्यु भएको पाइएको," म्याड्रिड आपतकालीन सेवाका प्रमुख कार्लोस पोलोले बताएका छन्। घाइते अन्य चारजनालाई उपचारका लागि अस्पताल लगिएको उनले बताए ।
आक्रमण गरेको आशंका गरिएको गाडी दुर्घटनास्थलबाट ५० किलोमिटर टाढा भेटिएको र त्यसमा सवार तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी प्रहरीले चौथो संदिग्धको खोजी भइरहेको बताएको छ । (रासस-एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया