प्रजननबारे अध्ययन गर्न चीनले अन्तरिक्षमा बाँदर पठाउने
फाइल तस्बिर
बेइजिङ - चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने योजना गरिरहेको जनाएको छ । शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरू कसरी प्रजनन् गर्छन् र हुर्कन्छन् भन्ने अध्ययन गर्न चीनले अन्तरिक्षमा बादर पठाउन लागेको हो ।
वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार यो प्रयोग अन्तरिक्ष स्टेसनको सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ ।
माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि 'अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन् वा प्रजनन् गर्छन् भन्ने बारे केही अध्ययनहरू गरिने’, झाङले बताए । उनी विश्वास गर्छन् कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ ।
तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याए । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया