विश्व

रुसी सेना खेरसनबाट पछि हट्नु युक्रेनको जित हो : नेटो प्रमुख

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार ८:५ बजे

रोम- नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले खेर्सनबाट रुसको फिर्ती कसरी हुन्छ भनेर हेर्नको लागि  आफू आतुर रहेको र यदि त्यसो भएमा 'युक्रेनको अर्को जित' हुने बताएका छन् ।  

'हामीले आगामी दिनहरूमा राजनीतिक घटनाक्रमको विकास कसरी हुन्छ भनेर हेर्नु पर्छ किनकि रुस ठूलो दबाबमा छ ।  यदि तिनीहरूले खेरसन क्षेत्र छोडे भने, यो युक्रेनको अर्को जित हुनेछ,' उनले  बिहीबार रोममा एक कार्यक्रमा सो धारणा राखेका हुन् ।  


युक्रेनले बिहीबार आफ्नो सेनाले दक्षिणी खेरसन क्षेत्रका एक दर्जन गाउँहरू पुन: दावी गरेको बताएको छ । यो दाबी रुसले आफ्ना सेनाहरूलाई उक्त शहरबाट फिर्ता हुन आदेश दिएको एक दिन पछि बाहिर आएको हो । 
'हामीले देखेका छौं कि कसरी युक्रेनी सशस्त्र सेनाले रूसी सेनालाई पछाडि धकेल्न र आफ्नो क्षेत्र स्वतन्त्र गराउन सक्षम भएको छ,' स्टोल्टेनबर्गले  उल्लेख गरेका छन् ।  'यी सबै उपलब्धिहरू युक्रेनका साहसी सैनिकहरूको कारणले भएको हो' उनले भने ।

'एकै समयमा इटली लगायत नेटो सहयोगीहरूले प्रदान गरेको अभूतपूर्व समर्थनले युद्धको मैदानमा हरेक दिन फरक पारिरहेको छ र युक्रेनी प्रगतिको लागि महत्त्वपूर्ण छ' गत महिनाको अन्त्यमा पदभार ग्रहण गरेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँगको पहिलो आमने-सामने वार्तापछि स्टोलटेनबर्गले यस्तो बताएका हुन्।

उनको सरकारी सहयोगीहरूमा मस्कोप्रति सहानुभूति राख्ने धेरै व्यक्तिहरू  रहेको तर उनी आफैंले बारम्बार युक्रेन र रूस विरुद्ध प्रतिबन्धहरूको लागि समर्थनमा जोड दिएकी छिन् । मेलोनीले भनिन्-उनका प्राथमिकताहरू मध्ये एक गठबन्धनलाई सुदृढ पार्न काम गर्नु थियो र  यसलाई 'सबै दिशाबाट आउने धम्कीहरूको जवाफ दिन अझ सक्षम बनाउन आवश्यक छ ।'

'हाम्रो देशको सुरक्षा र समृद्धिका लागि गठबन्धन अपरिहार्य छ,' उनले पत्रकारहरू माझ बताएकी छिन् । (एएफपी) 


Author

थप समाचार
x