मारिए खेर्सनका डेपुटी गभर्नर
किभ- रुसले स्थापित गरेका खेर्सनका डेपुटी गभर्नर किरिल स्ट्रेमोसोभको मृत्यु भएको रसियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनी कार दुर्घटनामा परी मृत्यु भएको क्षेत्रीय गभर्नरको प्रेस सेवालाई उद्धृत गर्दै ती सञ्चार माध्यमहरूले जानकारी दिएका छन् ।
४५ वर्षीय स्ट्रेमोसोभलाई युक्रेनमा रुसी आक्रमणको दुई महिनापछि गर्भनर पदमा नियुक्त गरिएको थियो ।
उनी रूसी कब्जाको सबैभन्दा प्रमुख समर्थकहरू मध्ये एक थिए र सामाजिक सञ्जालमा आक्रामक बयानका लागि परिचित थिए । उनलाई युक्रेनी प्रहरीले देशद्रोहको अभियोगमा खोजीको सूचीमा राखेको थियो ।
रुसले कब्जा गरिएको युक्रेनी क्षेत्रमा रुसद्वारा नियुक्त धेरै अधिकारीहरूलाई युक्रेनले आक्रमणको निशाना बनाएको छ । फेब्रुवरीमा आक्रमणपछि रुसी फौजले नियन्त्रणमा लिएको खेर्सनलाई युक्रेनी सेनाले खोस्ने प्रयास गरिरहेको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया