विश्व

सी र बाइडनबीच भेटवार्ता हुँदै

इकागज |
कात्तिक २८, २०७९ सोमबार १२:२४ बजे

बाली- अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ नेता सी जिनपिङबीच बालीमा भेटवार्ता हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध चिसिएको बेला दुई नेताबीच आज भेटवार्ता हुन लागेको हो ।  मंगलबारदेखि सुरु हुने जी २० बैठकका लागि दुबै नेताहरू इन्डोनेसियामा छन् ।

सन् २०२० मा बाइडनले पदभार ग्रहण गरेपछि उनीहरूबीच पहिलो व्यक्तिगत भेट हुनेछ । गत महिना कम्युनिष्ट पार्टीको महाअधिवेशनपछि आफ्नो शक्तिलाई थप सुदृढ पारेका थिए ।  सी माओ त्सेतुङपछिको सबैभन्दा बलियो चिनियाँ नेताको रूपमा बाइडनसँग भेट गर्नेछन् । 


के विषयमा हुँदै छ छलफल ?
 कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भेटवार्ता हुँदै छ ।

जी २० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ ।

वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।

बाइडनले सी जिनपिङलाई उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक निर्माणलाई ‘निरन्तरता दिएमा यो कोरियाली प्रायद्वीपमा थप अमेरिकी सेना र सुरक्षा उपस्थिति बढाइने’ संकेत गरेका छन् । एजेन्सी


Author

थप समाचार
x