विश्व

यौन दुर्व्यवहार गर्ने अस्ट्रेलियाली नागरिकलाई १२९ वर्ष कैद सजाय

इकागज |
कात्तिक २८, २०७९ सोमबार १२:५५ बजे

सांकेतिक तस्बिर

सिड्नी- मानव बेचबिखन र बलात्कारको आरोपमा फिलिपिन्समा आजीवन कारावासको सजाय पाएका एक अस्ट्रेलियाली व्यक्तिलाई १८ महिनाभन्दा कम उमेरका बालबालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा १२९ वर्षको जेल सजाय सुनाइएको अभियोजकहरूले बताएका छन् ।

पिटर जेरार्ड स्कुली, उनकी फिलिपिनी प्रेमिका लेजिल मार्गालो र दुई सहयोगीहरूलाई बाल दुर्व्यवहार, बेचबिखन, बलात्कार र बाल पोर्नोग्राफी सिन्डिकेट गर्ने ६० वटा अपराधको अभियोग लगाइएको दक्षिणी सहर कागायन डे ओरोका अभियोजक मर्लिन बारोला–उयले बताए । 


मार्गालोलाई १२९ वर्षको जेल सजाय सुनाइएको छ भने उनका दुई सहयोगीलाई नौ/नौ वर्षको जेल सुनाइएको थियो ।


Author

थप समाचार
x