विश्व

विश्वको जनसंख्या ८ अर्ब

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १४:२५ बजे

न्युयोर्क– संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेको घाेषणा गरेकाे छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ ।

यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो । तर, अनुमानित समय सीमा केही दिन मात्र बाँकी रहेकाले आज घोषणा गरिएको हो । सन् २०२३ मा भारतले चीनलाई विस्थापित गर्ने प्रतिवेदनमा उल्लेख छ । 



Author

थप समाचार
x