अमेरिकामा क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्नेलाई आजिवन कैद
न्युयोर्क- अमेरिकाको विस्कन्सिन राज्यका एक न्यायाधीशले गत वर्ष क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्ने र ६२ जनालाई घाइते बनाउने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएकी छिन् ।
अभियोजकहरूले तर्क गरेपछि ड्यारेल ब्रुक्सलाई गत महिना एक निर्णायक मण्डलले ‘मानव जीवनको पूर्ण अवहेलना’ गरेको देखाएको थियो ।
अदालतले सजायको क्रममा दर्जनौं जीवित र पीडितका परिवारबाट भावनात्मक बयान पनि सुनेको थियो । चार–हप्ताको मुद्दाको सुनुवाईमा उनले अदालतको कार्यवाहीमा बाधा पु¥याएका थिए । बुधबार आफ्नो सजाय सुनाउँदै न्यायाधीश जेनिफर डोरोले ब्रुक्सले ‘खराब बाटो’ रोजेको बताइन् ।
उनले ब्रुक्सलाई ६ वटा आजीवन कारावासको सजाय दिन आदेश दिइन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया