विश्व

भारतीय कांग्रेसको कार्यक्रममा नेपाली राष्ट्रिय गान बजेपछि...

इकागज |
मंसिर १, २०७९ बिहीबार १२:४१ बजे

काठमाडौं - भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ कार्यक्रम बुधबार राष्ट्रिय गान बजाउदा नेपाली राष्ट्रियगान बजेको छ।  कार्यक्रम सुरु गर्नुभन्दा अगाडि जब आयोजकले राष्ट्रिय गान बजानुस् भन्दा नेपाली राष्ट्रिय गान बजेको थियो।

गान्धीले राष्ट्रिय गान बजाउन आग्रह गरेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौँ थुँगा फूलको हामी’ बजाइएको थियो । गीत बज्दा सबै उठे । सुरुमा गान्धीलगायत सबैजना सहज देखिन्थे। केही समयपछि अन्योल भयो ।


नेपालको राष्ट्रिय गान बजाउन रोक्दा गान्धीले भारतको ‘जंगनमन’ गीत बजाउन निर्देशन दिए । गान्धीले फेरि राष्ट्रिय गान बजाए र दोस्रो पटक नेपालको राष्ट्रिय गान बज्यो ।

यो प्राविधिक गल्ती भएपनि अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही अलमलपछि भारतको राष्ट्रिय गान बज्यो । यस घटनालाई लिएर राहुल गान्धीलाई चर्को ट्रोल गरिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

 


Author

थप समाचार
x