विश्व

मलेसियामा ९७ वर्षीय पूर्व प्रधानमन्त्रीको जमानत जफत

इकागज |
मंसिर ४, २०७९ आइतबार १०:४९ बजे

काठमाडौँ- मलेसियाका ९७ वर्षीय पूर्व प्रधानमन्त्री महाथिर मोहमदले आम चुनावमा पराजय भोगेका छन् । पाँच जनाबीच भएको प्रतिस्पर्धामा पूर्व प्रधानमन्त्री महाथिर चौथों भएको अलजजिराले जनाएको छ । 

लाङकावी आइल्यान्डको मतदानमा महाथिरको जमानत समेत जफत भएको निर्वाचन आयोगले जनाएको छ । 


महाथिरले सन् २००३ सम्म २२ वर्षसम्म मलेसियाको प्रधानमन्त्री रहेका थिए । उनले मलेसियालाई निर्यातको हब बनाएका थिए । 

यसैबीच कडा प्रतिस्पर्धात्मक आम चुनावमा कुनै पनि दलले बहुमत ल्याउन सकेन ।  विपक्षी नेता अनवर इब्राहिमको नेतृत्वमा रहेको गठबन्धनले सबैभन्दा धेरै सीटहरू जितेको छ । यता देशको इस्लामिक पार्टी सहितको समूह पछि परेको छ । 

अनवरको पाकाटन हरपन गठबन्धनले ८२ सीट जित्दा पूर्व प्रधानमन्त्री मुहयिदिन यासिनको समूहले ७३ सीटमा जित हात पारेको छ । 
 


Author

थप समाचार
x