ट्रम्पको ट्वीटर आइतबारदेखि पुनः सञ्चालनमा
वाशिङ्गटन- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता आइतबारदेखि पुनः सञ्चालनमा आएको छ ।
इलोन मस्कले आइतवार ट्रम्पको ट्वीटर एकाउन्ट पुनःस्थापना गरेको पुष्टि गरेका छन् । 'मानिसहरूले बोलेका छन् । ट्रम्पलाई पुनर्स्थापित गरिनेछ । भोक्स पोपुली, भोक्स देई,' मस्कले ट्वीट गरेका छन् ।
भोक्स पोपुली, भोक्स देई, ल्याटिन वाक्यांश हो जसको अर्थ 'जनताको आवाज ईश्वरको आवाज' भन्ने हुन्छ। यसैबीच मस्कको घोषणापछि ट्रम्पको एकाउन्ट ट्वीटरमा पुनः देखा परेको छ ।
पूर्वराष्ट्रपति ट्रम्पको अवरुद्ध ट्वीटर खाता शनिबार प्लेटफर्ममा पुन: देखा परेको ट्वीटर कम्पनीका मालिक एलोन मस्कले पुष्टि गरेका छन् । हिंसा भड्काएको आरोपमा पूर्व राष्ट्रपतिमाथिको २२ महिनाको ट्वीटर खाता निलम्बन गरिएको थियो ।
ट्वीटरका सीईओ मस्कले माइक्रोब्लगिङ वेबसाइटका प्रयोगकर्ताहरूलाई हिंसा भड्काएको आरोपमा आजीवन प्रतिबन्ध लगाइएका ट्रम्पको खाता पुनर्स्थापना गर्ने कि नगर्ने भन्नेमा मतदान गर्न आग्रह गरेका थिए ।
सर्वेक्षणका अनुसार सो घोषणाको १ घण्टामै १ करोड ५० लाखभन्दा बढी ट्वीटर प्रयोगकर्ताले ट्रम्पको पक्षमा मतदान गरेका थिए । एएनआई
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया