कोरोना बढेपछि भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्रीबीच छलफल
नयाँ दिल्ली : कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् ।
पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेको बताइएको छ ।
छलफलका क्रममा प्रधानमन्त्री मोदीले सवै प्रदेशका मुख्यमन्त्रीहरुलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नु पर्नेमा जोड दिएका थिए ।
संयुक्त रुपमा लड्नका लागि उनले केही प्रस्तावहरु समेत राख्नु भएको र छलफल भएको अधिकारीहरुले बताएका छन् ।
आफ्नै अध्यक्षतामा भएको बैठकमा प्रधानमन्त्री मोदीले भने, 'कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिदैन, त्यसका लागि सवै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सवैलाई सँगसगै काम गर्नका लागि आह्वान गर्दछु ।'
उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गरेका थिए । यस पटक पनि त्यही अनुसार प्रतिवाद सक्नु पर्नेमा पनि उनले जोड दिए ।
उनले सवै प्रदेशका स्वास्थ्य मन्त्रीहरुलाई पनि एक अर्कामा नजिक रहेर काम गर्न र एक अर्काका राम्रा अनुभवलाई उपयोग गर्न पनि सुझाव दिए । (एएनआई)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया