उत्तरपूर्वी भारतमा प्रहरीको गोली लागेर ६ जनाको मृत्यु
प्रतिकात्मक तस्बिर
नयाँ दिल्ली - भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमानजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा छ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले मङ्गलबार पुष्टि गरेका छन् । घटना मेघालयको पश्चिम जयन्तिया हिल्स जिल्लामा भएको थियो । असम प्रहरी र असम वन रक्षकहरूले भिडमा अन्धाधुन्ध गोली चलाएका थिए ।
सञ्चारमाध्यममा जनाइएअनुसार असम प्रहरीका अनुसार कर्मचारी र असम वन गार्डहरू ट्रकलाई पछ्याउँदै मेघालयको क्षेत्रमा प्रवेश गरेका थिए । त्यहाँ दुई पक्षबीच चर्को बहस भएको र त्यहाँ उपस्थित असमका सुरक्षाकर्मीले भिडमाथि अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना घटेको बताइएको छ ।
सङ्गमाले ट्वीट गर्दै पश्चिम जयन्तिया हिल्स जिल्लाको मुक्रोह गाउँमा भएको दुर्भाग्यपूर्ण घटनामा असम प्रहरी र असम वन रक्षकहरूको गोलीबाट ६ जनाको मृत्यु भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'मृतकमध्ये पाँच जना मेघालयका बासिन्दा भएको र एक जना असम वन रक्षक भएको पुष्टि भएको छ । मृतकका शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।'
उनका अनुसार यस अमानवीय कार्यका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्न आफ्नो सरकारले सबै किसिमका कदम चाल्ने बताएका छन् । यसैबीच मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै मृतकका आफन्तहरूलाई ५ लाख भारतीय रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँने घोषणा पनि गरेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया