'इमरान खानले आफूले पाएको स्वर्ण पदक बेचे'
फाइल तस्बिर
इस्लामाबाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफू क्रिकेट खेलाडी हुँदा भारतबाट पाएको स्वर्ण पदक ‘बेचेको’ रक्षामन्त्री ख्वाजा आसिफले अरोप लगाएका छन् । पूर्वक्रिकेटरसमेत रहेका ७० वर्षीय खानले प्रधानमन्त्री हुँदा सहुलियत मूल्यमा पाएको महँगो ग्राफ रिस्ट घडीलगायत उपहारहरू बेचेको आरोप लागेको छ ।
सोमबार एक टेलिभिजन कार्यक्रममा खानले ‘भारतबाट प्राप्त गरेको स्वर्ण पदक बेचेको’ आसिफले दाबी गरेका एक्सप्रेस ट्रिब्युन अखबारले जनाएको छ । खानले कथितले रूपमा बेचेको भनेको स्वर्ण पदकको बारेमा रक्षामन्त्री आसिफले थप विवरण भने दिएका छैनन् ।
पूर्वप्रधानमन्त्री खानको कार्य आफैंमा गैरकानूनी छैन । तर, खानका गतिविधि उनले सधैं बोलेका उच्च नैतिक मापदण्डविपरीत भएको विवरणमा जनाइएको छ । सामान्यतया, त्यस्ता उपहारहरू स्थायी रूपमा तोषखानामा जम्मा गरिन्छ वा तिनीहरूलाई प्राप्त गर्ने व्यक्तिले थोरै मूल्यमा किन्न सक्छन् । खानलाई पाकिस्तानको निर्वाचन आयोगले तोषखाना मुद्दामा ‘झुटा बयान र गलत घोषणा’ गरेको भन्दै निर्वाचनमा प्रतिष्प्रर्धा गर्न अयोग्य ठहर गरेको थियो । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया