विश्व

प्रदर्शनकारीले मागे राष्ट्रपति सीको राजीनामा

इकागज |
मंसिर १२, २०७९ सोमबार ८:३९ बजे

बेइजिङ- चीनमा सरकारको कठोर कोभिड नीतिलाई लिएर चर्को आक्रोश बढेको छ । कतिपय प्रदर्शनकारीले सार्वजनिक रुपमा नै कम्युनिष्ट पार्टीका नेताहरूको राजीनामा माग गरेका छन् । सांघाइमा हजारौँ प्रदर्शनकारी भेला भएर सरकारको नीतिको विरोध गरे । विद्यार्थीहरूले बेइजिङ र नानजिङका विश्वविद्यालयहरूमा प्रदर्शन गरेका छन् ।

उरुम्चीमा एउटा अर्पाटमेन्टमा आगलागीका कारण १० जनाको मृत्युपछि सरकारको कोभिड नीतिविरुद्ध आक्रोश फैलिएको छ । लकडाउनका कारण आगलागीको समयमा समेत आफूहरू बाहिर निस्कन नपाएको पीडितका आफन्तले गुनासो गरेका छन् ।


चिनियाँ अधिकारीहरूले कोभिड प्रतिबन्धले मानवीय क्षति भएको भन्ने विषयलाई अस्वीकार गरे पनि उरुम्चीका अधिकारीहरूले सूचना जारी गर्दै सर्वसाधारणसँग क्षमा मागेका छन् । प्रतिबन्ध हटाएर शान्ति व्यवस्था कायम गर्ने उनीहरूले बाचा गरेका छन् ।

सी राजीनामा माग
चीनको सबैभन्दा ठूलो सहर तथा वित्तीय हव सांघाइको प्रदर्शनमा प्रदर्शनकारीले राष्ट्रपति सी चिनफिङको राजीनामा माग गरेका थिए ।  केहीले खाली सेतो व्यानर बोकेका थिए भने कोहीले मैनवत्ति बालेर उरुम्चीका पीडितलाई पुष्पगुच्छा अपर्ण गरेका थिए । त्यस्तै, कोभिड उत्पत्ति भएको वुहानमा पनि हजारौँ मासिहरू सडक प्रदर्शनमा उत्रिएका थिए । 

 


Author

थप समाचार
x