भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० मिलियन पुग्ने
हनोई- भियतनामको जनसङ्ख्या सन् २०२३ मा १०० पुग्ने प्रक्षेपण गरिएको छ । स्थानीय सञ्चार माध्यमले मङ्गलबार सार्वजनिक गरेको जनाकारि अनुसार हाल यहाँको जनसङ्ख्या अहिले ९९ मिलियन भन्दा बढी छ ।
देशको यो जनसङ्ख्या विश्वको १५ औँ सबैभन्दा धेरै जनसंख्या भएको देशमा पर्दछ। एसियामा ८ औँ र दक्षिणपूर्वी एसियामा तेस्रो धेरै जनसङ्ख्या भएको देश हो ।
भियतनाममा १५-४९ वर्षका लगभग २५ मिलियन महिलाहरू बच्चा जन्माउने उमेरका रहेको तथ्याङ्कमा देखाइएको छ ।
सन् २०३० सम्ममा यो सङ्ख्या २६ मिलियनसम्म पुग्ने अपेक्षा गरिएको छ । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया