बुढ्यौली समाजका चुनौतीहरूको सामना गर्दै भियतनाम
हनोई- भियतनामको सामाजिक सुरक्षा प्रणाली अझै प्रारम्भिक चरणमा रहेको र आर्थिक स्रोतहरू सीमित भएकाले वृद्धवृद्धा जनसङ्ख्याका लागि चुनौतीहरू खडा भएको स्थानीय पत्रिका भियतनाम न्यूजले शुक्रबार उल्लेख गरेको छ ।
दक्षिणपूर्वी एसियाली देशमा वृद्धवृद्धा (६५ वर्ष वा माथि) को सङ्ख्या सन् २०२० मा झन्डै ७४ लाख पुगेको छ । जुन कूल जनसङ्ख्याको ७.७ प्रतिशत हो ।
श्रम, विज्ञान र सामाजिक मामिला संस्थानका अनुसार सन् २०३० सम्म यो कूल जनसङ्ख्याको १२ प्रतिशत हुनेछ । सिन्ह्वा
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया