विश्व

पुटिनसँग वार्ता गर्ने बाइडनको आसय छैन : ह्वाइटहाउस

इकागज |
मंसिर १७, २०७९ शनिबार १२:१४ बजे

न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने कुनै आसय नरहेको बताएका छन् । ‘बाइडनको रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्ने कुनै आशय छैन । पुटिनले पनि कुनै पनि वार्ता प्रति झुकाव राख्ने चासो  देखाएका छैनन् ’, ह्वाइट हाउस नेसनल सेक्युरिटी एडभाइजर जोन किरबाइले सञ्चारकर्मीलाई भने ।

बाइडनले  फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा क्रेमलिन नेताले “युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका छन् भने“ युक्रेन आक्रमणको समाधानका लागि पुटिनसँग वार्ता गर्न इच्छुक रहेको बताएका थिए । 


तर, क्रेमलिनले बाइडनको अस्थायी प्रस्तावलाई स्वीकार गरेन । क्रेमलिन , प्रवक्ता दिमित्री पेस्कोभले बाइडनको शर्त  “पुटिनले युक्रेनमा हमला गर्न छोडेपछि मात्र“ भएको बताए ।

यसैबीच किर्बीले पश्चिमले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग वार्ता गर्न दबाब नदिएको बताए । युक्रेनी सेनाले आक्रमणकारी सेना विरुद्ध बारम्बार सफलता हासिल गरेको छ । एजेन्सी
 


Author

थप समाचार
x