विश्व

इरानमा सरकारविरोधी प्रदर्शन गर्ने व्यक्तिलाई पहिलो पटक मृत्युदण्ड

इकागज |
मंसिर २२, २०७९ बिहीबार १४:३० बजे

फाइल फोटो

काठमाडौँ  - तेहरान–इरानले सरकार विरोधी अशान्तिमा दोषी ठहरिएका एक प्रदर्शनकारीलाई पहिलो पटक मृत्युदण्ड दिएको छ ।

मोहसेन शेकरीलाई क्रान्तिकारी अदालतले `ईश्वर विरुद्ध दुश्मनी` गरेको आरोपमा दोषी ठहर गरेपछि बिहीबार बिहान फाँसी दिइएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।


उनीमाथि सेप्टेम्बर २५ मा तेहरानको मुख्य सडक अवरुद्ध गर्ने र अर्धसैनिक बासिज बलका एक सदस्यलाई चक्कुले घाइते बनाएका अभियोग लगाएको छ ।


Author

थप समाचार
x