विश्व

रुसको शीर्ष सैन्य सहयोगी इरान : अमेरिका

इकागज |
मंसिर २४, २०७९ शनिबार ८:५६ बजे

न्युयोर्क- रूस र इरानको सम्बन्ध पूर्णविकसित रक्षा साझेदारीमा गाढा भएको अमेरिकाले बताएको छ । रुसले अभूतपूर्व तहको सैन्य सहयोग गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए । अमेरिकाले दुई देशले घातक ड्रोनको संयुक्त उत्पादनबारे सोचिरहेको विवरण देखेको देखेको उनले दाबी गरे । 

रुस र इरानबीचको सहकार्य हालै प्रकाश पारिएको छ । युक्रेनले रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आरोप लगाएको छ । इरानले सुरुमा रुसलाई कुनै पनि ड्रोन पठाएको अस्वीकार गरे पनि उसले युक्रेनमा आक्रमण गर्नुअघि केही आपूर्ति गरेको पछि खुलासा गरेको थियो । 


किर्बीले इरान र रुसबीच ड्रोन उत्पादन गर्ने साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि हानिकारक हुने बताए । 

अमेरिकाले इरानलाई हेलिकप्टर र हवाई रक्षा प्रणाली लगायतका उन्नत सैन्य कम्पोनेन्टहरू उपलब्ध गराउन चाहेको भन्दै उनले भने, 'रुसले इरानसँग हतियार विकास, तालिम जस्ता क्षेत्रमा सहकार्य गर्न खोजिरहेको छ ।' एजेन्सी


Author

थप समाचार
x