विश्व

तामिलनाडुमा ‘माण्डुस’ नामक चक्रवातले रुख ढाल्दा कम्तीमा चारको मृत्यु

इकागज |
मंसिर २४, २०७९ शनिबार २१:१२ बजे

तमिलनाडु - भारतको दक्षिणी राज्य तामिलनाडुमा शनिबार आएको ‘मान्डुस’ नामक चक्रवातका कारण रूख ढल्दा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । 

चक्रवातसँगै भारी वर्षा भएको उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।


 भारतीय प्रहरीका अनुसार घटनामा चार जनाले ज्यान गुमाएका छन् । आँधीका कारण १८१ वटा झुपडीमा क्षति पुगेको छ ।

चक्रवातका कारण चेन्नईमा ४०० भन्दा बढी रूख उखेलिएको तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले बताए । 

स्टालिनले प्रभावित क्षेत्रको भ्रमण गरेका  छन् । उनले बढी प्रभावित चेन्नईको कासिमेडु क्षेत्रमा राहत सामग्री र खाना वितरण गरेका छन् । 

 चक्रवात शुक्रबार अबेर राति तमिलनाडुको तट पार गर्दै प्रतिघण्टा ७५ किलोमिटरको गतिमा आएको थियो । 

चक्रवात अहिले कमजोर भएर निकै कमजोर भइसकेको छ । 

भारतीय मौसम विज्ञान विभागले यो लगभग पश्चिम उत्तरपश्चिमतर्फ सर्ने र शनिबार मध्याह्नसम्ममा बिस्तारै कमजोर हुँदै न्यून चापीय रेखामा परिणत हुने बताएको छ् । 


Author

थप समाचार
x